काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसन र भ्रष्टाचार सह्य नहुने बताउनु भएको छ । काठमाण्डौंमा आज आयोजित महत्वपूर्ण व्यवसायीक व्यक्ति सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले कुनै पनि कमिसनको पछि नलाग्न व्यवसायीहरुलाई सचेत गराउनुभयो । उहाँले आफुलाई चाहिने बस्तु आफै उत्पादन गर्ने क्षमता विकास गर्नु पर्नेमा समेत जोड दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको परिधिभित्र रहेर स्वच्छ, पारदर्शी र व्यवसायिक स्वस्थता कायम गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ । उहाँले कारोबारलाई स्वच्छ बनाई पारदर्शी बन्न सके मात्रै सुशासन कायम हुने धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले निर्यात प्रबद्र्धनमा सरकारले सहजीकरण गर्न सहयोग गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो