बागलुङ २८, माघ । बागलुङको बडिगार्डमा कुलोले बगाउदा ४ बर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको बडिगार्ड गाउँपालिका ५ न्वाराकी सिजन परियारलाई कुलोले बगाएर मृत्यु भएको हो ।
घर नजिकै रहेको कुलोमा आमा संगै भाँडा माज्नका लागि गएकी बालिकालाई ग्वालिचौर लघु जलविद्युतको कुलोले बगाएको बागलुङ प्रहरीले जानकारी दिएको छ ।
भाँडा माझेर धुने क्रममा बालिकालाई कुलो २०० मिटर जति बगाएको थियो । तत्कालै उद्वार गरी बुर्तिबाङमा रहेको प्रार्थमिक स्वास्थ्य केन्द्रमा उपचारको लैजादै गर्दा बालिकाको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।