Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नगरपालिकाका वडाध्यक्षमाथि कुखुरा चोरीको आरोप


2K
Shares

नगरपालिकाका वडाध्यक्षमाथि कुखुरा चोरीको आरोप

बेसीशहर । लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वा्चित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ ।

शेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उजुरी दिएका छन् । वडाध्यक्ष बरालले आफ्नो फर्मबाट ५ सय जति कुखुरा चोरी गरेर लगेको राउतको आरोप छ ।

तर, वडाध्यक्ष बरालले भने चोरी गरेको नभइ किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन् । खबरहबको सम्पर्कमा आएका वडाध्यक्ष बरालले आफ्नो ऋण नतिरेपछि राउतको फर्मबाट कुखुरा उठाएको बताए ।

‘वडाध्यक्षमा निर्वा्चित हुनु अगाडि म पसल सञ्चालन गरेर बस्दै आएको थिएँ । मविरुद्ध उजुरी दिने राउतजीले २०७३ सालदेखि मेरो पसलबाट कुखुराको दानादेखि कुखुराका चल्ला र कुखुरा नै पैसा नतिरी उदारोमा लैजाने गर्नुहुन्थ्यो । अहिलेसम्मको हिसाव गर्दा उहाँले मलाई १ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी छ,’ वाडध्यक्ष बरालले खबरहबसँग भने, ‘पछिल्लो करिब ४५ दिन अगाडि पनि उहाँले मबाट ४ सय ६० वटा कुखुरा पैसा नतिरी पाल्छु भनेर उधारोमा लिनुभएको थियो । तर, मेरो पैसा नतिरी उहाँले ती कुखुरा अन्य व्यक्तिलाई बेच्न लागेको थाहा पाएपछि मैले आफ्नै कुखुरा उठाएर ल्याएको हुँ ।’

किसान राउतसँग उनले ४५ दिनसम्म कुखुरालाई दाना खुवाउन लागेको खर्च व्यहोर्ने गरी आफैंले उधारोमा दिएको कुखुरा उठाएर ल्याएको वडाध्यक्ष बरालको भनाइ छ ।

‘२१ गते बिहान साढे ७ बजेतिर मैले उहाँ (राउत)को फर्मबाट २ सय २३ कुखुरा ल्याएर आएको हुँ । ती कुखुरा मैले नै पहिले उधारोमा दिएको थिएँ । उहाँलाई ४५ दिनसम्म दाना खुवाउँदा लागेको खर्च दिन्छु भनेकै थिए,’ वडाध्यक्ष बरालले भने, ‘पछि उहाँ प्रहरी कार्यालय जानुभएको रहेछ । प्रहरीले छलफल गर्न बोलाउँदा पनि उहाँ सहमतिमा आउनुभएन । उठेर हिँड्नुभएको छ । विभिन्न मिडियामा मैले कुखुरा चोरेको भन्दै समाचार लेखाउनुभएको रहेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology