Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको मूल्य घट्यो


2.1K
Shares

सुनको मूल्य घट्यो

काठमाडौं । प्रतितोला सुनको भाउ नेपाली बजारमा मंगलबार सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन आज ७५ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चादी ब्यावसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार हिजो ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । हिजो प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि ८ सय ८० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology