Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

इरानको हमलामा १०९ सैनिक घाइते भएको अमेरिकाद्वारा स्वीकार


2.1K
Shares

इरानको हमलामा १०९ सैनिक घाइते भएको अमेरिकाद्वारा स्वीकार

एजेन्सी २८, माघ । गत जनवरीमा इराकमा रहेको आफ्नो सैन्य बेसमा इरानले गरेको मिसाइल हमलामा घाइते भएका सैनिकको संख्या १ सय ९ पुगेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा सो हमलामा कोही पनि अमेरिकी सैनिक घाइते नभएको बताउनु भएको थियो। तर, पछि पेन्टागनले उक्त हवाइ हमलामा ६४ जना घाइते भएको बताएको थियो । अहिले सो सङ्ख्या बढेर १ सय ९ जना पुगेको हो ।

अमेरिकाले इरानी सैन्य कमान्डरको हत्या गरेपछि जनवरी ८ मा इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको थियो ।

अमेरिकी अधिकारीहरुका अनुसार सो हमलामा १ सय ९ जना सैनिक ट्रमाटिक ब्रेन इन्जुरी (टीबीआई) का शिकार बनेका हुन् । पेन्टागनले घाइतेमध्ये ७० प्रतिशत सैनिक पुनः सेवामा फर्किसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology