Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कञ्चनपुरबाट खैरो हिरोइन सहित २ जना पक्राउ


2.4K
Shares

कञ्चनपुरबाट खैरो हिरोइन सहित २ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाँउपलिका–१ बाट लागुपदार्थ खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

से ५ प ७०५० नम्बरको मोटरसाईलमा जाँदै गरेका कृष्णपुर नगरपालिका ७ का २४ वर्षीय अनिलजङ्ग खड्का र गोदावारी नगरपालिका २ का २५ वर्षीय गणेश महरालाई लालझाडीमा पाँच ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिनुभयो।

त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालय बाट गएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा दुवैको साथबाट खैरो हेरोइन बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology