राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि हातपात गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता छोड्न दबाब दिन काग्रेसले प्रर्दशन गरेको छ । आफ्ना तीन जना कार्यकर्ताहरुको रिहाइको माग गर्दै सोमबार नेपाली कांग्रेसले राजविराजमा प्रदर्शन गरेको हो ।
निर्दोष व्यक्तिलाई पक्राउ गरी झुठो मुद्दा चलाइएको भन्दै बिरोध प्रर्दशन गरिएको नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले बताउनुभयो ।
गत माघ २१ गते ज्ञापनपत्र बुझाउन गएका अमरेन्द्र यादव, राजिव मण्डल र अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।
डाक्नेश्वरी नगरपालिकाले भने कार्यालयबाट बाहिर निस्कने क्रममा मेयर साहमाथि युवाहरुको समूहले गाडी रोकेर हातपात तथा अभद्र व्यवहार गरेको जनाएको छ।
हातपात तथा अभद्र व्यवहार गरेको विरोधमा गत बिहीबार जिल्लाका ९ नगरपालिकासहित १८ वटै स्थानीय तह बन्द गरिएको थियो।