सिरहा । । सिरहा जिल्लाको नरहा गाउँपालिका ५ मा सोमबार बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा कार्यालयको अगाडि ना ४ ख ९२४१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा सिरहा जिल्लाको सिरहा नगरपालिका ३ रमौलका २९ वर्षीय अमन मण्डल र वडा नम्बर ३ मख्नाका ४५ वर्षीय शैलेन्द्र कुमार मण्डल रहेका छन् ।
अमनको उपचारको क्रममा विराटनगरको न्यूरो अस्पताल र शैलेन्द्रको लहानको राउ अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ । चालक फरार रहेकाले खोजी भईरहेको जनाइएको छ ।