काठमाडौं : सार्वजनिक पद धारण गरेका १७ हजार भन्दा बढिले अझै सम्पती बिबरण नबुझाएको पाइएको छ । राष्ट्रियत सर्तकता केन्द्रले सार्वजनिक गरेको बिबरण अनुसार हालसम्म कुल १७ हजार १ सय ७ जना व्यक्तिले गत आर्थिक वर्ष २०७५÷७६ मा सम्पत्ति विवरण नबुझाएको तथ्याङक सार्वजनिक गरेको हो ।
सम्पत्ति विवरण नबुझाउनेमा संघका १४ हजार ६ सय ६९ जना, प्रदेशका ४८ जना र स्थानीय तहका २ हजार ४ सय १० जना छन्।
भष्ट्राचार निवारण ऐन २०५९ को दफा ५० मा प्रत्येक सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको श्रोत वा निस्सासहितको सम्पत्तिको अद्यावधिक विवरण हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र पेश गरिसक्नुपर्ने व्यवस्था रहेको छ।
यसरी तोकिएको समयभित्र सम्पत्ति विवरण पेश नगर्ने १७ हजार १ सय २७ जना सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीलाई भष्ट्राचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम सतकर्ता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाएको जनाएको छ।