गोरखा २६, माघ । ट्रेकिङ एसोसियसन अफ टानको आयोजना तथा धार्चे मनासलु पर्यटन बिकास समितिको समन्ययमा भ्रमण वर्ष २०२० लाई आधार बनाएर यहि आगामी बैशाख १२ गते लिगलिग देखि बारपाक सम्म अन्तराष्टिय अल्ट्रा म्याराथुन दौड प्रतियोगितम हुने भएको छ । पालुन्ङटार नगरपालिका, सिरानचोक गाउपालिका, अजिरकोट गाउपालिका, बारपाक सुलिकोट गाउपालिका धार्चे मनासलु पर्यटन बिकास समिति नागरिक समाजको बिच आज गोरखा जिल्ला समन्वयको हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो कार्यक्रम आयोजना गरेर मात्र नहुने भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई ल्याउने पूवाधार निर्माणमा पनि जोड दिनु पर्ने बताए । करिब ६० किलो मिटर लामो दुरी भएकोले यो म्याराथुन दौडमात्र नभएर अल्टा म्याराथुन दौड हुने टानमा अध्यक्ष खुम बहादुर सुबेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश बत्ताहरुले पुर्बाधार निर्माण तथा ठाउँठाउँमा होटल ब्यावसाय सन्चालन गर्नुपर्ने तथा प्रचार प्रसारलाई ब्यापक रुपमा अगाडि बढाउनु पर्ने पनि बताउनु भयो । जिल्ला समन्वय समितिका सभापति असोक गुरुङको प्रमुख आतिथ्यताकमा भएको कार्यक्रममा धार्चे मनासलु पर्यटन बिकास समितिका अध्यक्ष साने गुरुङ लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा पालुन्ङटार नगरपपालिकाका प्रमुख दिपक कडेल, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र घिताल, बारपाक सुलिकोट गाउँपपालिकाका वडा नः ८ का वडा अध्यक्ष कृष्ण गुरुङ, उद्योग बाणिज्य संघका अध्यक्ष जिवन ज्योति श्रेष्ठ नागरिक समाजका यदु अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।