गोरखा २६, माघ । गोरखाको सिरानचोक गाउँपालिका– ७ श्रीनाथकोट खहरेमा रहेको श्री बालज्वोती आधारभूत बिधालयका बिपन्न बिधार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । लायन्स क्लब अफ गोंगबु काठमाण्डौंको सहयोगमा आज एक कार्यक्रमको आयोजना गरि बिधालयका ६० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाका जिल्ला कमिटिका सचिव प्रमे गुरुङले सरकारी बिधालयले अब बिस्तारै शैक्षिण गुणस्तर बृद्धिका लागि ध्यान पु¥याउनु पर्ने बताउनुभयो । बालज्वोती आधारभूत बिधालयको घेराबार तथा अन्य भौतिक संरचना निर्माणका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।
सचिव गुरुङले बिधालयमा अहिले रहेको खानेपानीको समस्या समाधानका लागि बिभिन्न निकायहरुसंग पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले बिधालयलाई माया गरि न्यानो कपडा बितरणका लागि क्बल गरेको सहयोग प्रति धन्यबाद दिनुहुदै बिधालय र क्लब बिचको सम्बन्ध परिवारिक सम्बन्ध जस्तो रहोस् भन्ने कामना समेत गर्नुभयो ।
श्री बालज्वोती आधारभूत बिधालयका व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर गुरुङको अध्यक्षतामा भएको न्यानो कपडा बितरण कार्यक्रममा प्रधानध्यापक बिष्णुहरी ढकाल, लायन्स क्बल अफ गोंगबुका अध्यक्ष लक्ष्मण ढुंगाना, सल्लाहकार प्रकाश कुमार श्रेष्ठ, क्षेत्रिय अध्यक्ष मोहन भट्टराई, गोंगबु क्षेत्र अध्यक्ष श्रीकृष्ण मानन्धर, क्लबका सचिव रामकुमार श्रेष्ठ, निर्देशक उपेन्द्रमान प्रधान, लगायतको सहभागिता रहेको थियो ।
सोही अबसरमा बिधालयमा अध्ययनरत बिपन्न बिधार्थीहरुलाई स्टेसनरीका सामाग्री समेत बितरण गरिएको स्थानीय प्रताप ढकालले जानकारी दिनुभयो ।