Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बहिनीकी प्रेमिको तीन दाजुभाई मिलेर यसरी गरे हत्या….


3.6K
Shares

बहिनीकी प्रेमिको तीन दाजुभाई मिलेर यसरी गरे हत्या….

रौतहट । रौतहटमा जिल्लाको इशनाथ नगरपालिका ८ बस्ने २० बर्षिय छात्र मोहम्मद एहतेशामुल हकको प्रेमिका भेटन गएकै ठाउमा प्रेमिकाका दाजुभाइले घाटी थिचेर हत्या गरेका छन् । प्रेमिका भेटन गएका एक युवकको घाटि थिचेर उनिहरुले हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीले आईतवार पत्रकार सम्मेलन गदै माघ १५ गते राति भिनाजुको भारतीय नम्वरको मोटरसाइकल लिएर राजपुर नगरपालिकाको अकोलवामा प्रेमिका भेट्न गएका युवक हकलाई प्रेमिकाको तिन जना दाईले घाँटी थिचेर हत्या गरेको प्रहरी उपरिक्षक रबीराज खड्काले जानकारी दिनुभयो ।

हत्या पछि अभियुक्तहरुले स्थानीय भकुवा खोलामा फालेको हको शब गत २० गते स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेको थियो । अनुसन्धान गर्दा प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरी उपरिक्षक खडकाले बताउनुभयो ।

माघ १५ गते राति ११ बजेको समयमा बाँसको घारीमा युवक हक र उनकी प्रेमिका बसेर कुरा गरिहेको अवस्थामा हैदर अली, असगर अली, असरफ अलीले युवक हकलाई बाँधेर भकुवा किनारमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको उपरिक्षक खड्काको भनाई छ । अनुसन्धानकै क्रममा हैदर र असगरलाई नियन्त्रणमा लिएको तथा असरफ अझै फरार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology