तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–१, डुम्रे नाहालाबाट लागुऔंषध सहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । सोही स्थान बस्ने वर्ष २५ का बिक्रम अधिकारीलाई लागुऔंषध सहित दिउँसो साढे ३ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अबैध रुपमा लागुऔषध लुकाई छिपाई बिक्रि वितरण गर्ने गरेको छ, भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले अधिकारीको कोठा खान तलासी गर्दा डाईजेपाम ४० थान, नोफिन ४० थान, फेनेरागन ४० थान गरी १ सय २० थान एम्पुल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका अधिकारीलाई नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।