Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाको शान्ति सुव्यवस्था र बिकासका लागि स्थानीय सरकारसंग समन्वय गर्छु : प्रजिअ पौडेल


3.8K
Shares

गोरखाको शान्ति सुव्यवस्था र बिकासका लागि स्थानीय सरकारसंग समन्वय गर्छु : प्रजिअ पौडेल

गोरखा २६, माघ । भर्खरै मात्र सरुवा भएर जिल्ला आउनु भएका गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको शान्ति सुरक्षा र  बिकास निर्माणका लागि प्रतिबद्ध रहेर लाग्ने बताउनु भएको छ । आफ्नै कार्यकक्षमा आइतबार पत्रकारहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले बिकास निर्माणका सवालमा स्थानीय सरकारहरु संग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

‘बिकासका योजनाहरु लामो समयसम्म अलपत्र रहेको कुरा सवैबाट बारम्बार उठेका छन्, उहाँले भन्नुभयो, अब गाउँपालिका तथा नगरपालिकाहरुसंग समन्वय गरेर प्रभावकारी अनुगमन अघि बढाउने कुरामा म प्रतिबद्ध छु ।’

प्रमुख जिल्ला अधिकारी पौडेलले बाह्रकिलो बारपाक सडक खण्ड कालोपत्रेको समयमा नभएको, ऐतिहासिक संरचना पुनःनिर्माण ढिलाई भएको कुरालाई आफुले राम्रोसंग मनन गरेको भन्दै सम्बन्धित आयोजना प्रमुखहरुसंग यस बिषयमा कुराकानी गर्ने स्पस्ट पार्नुभयो ।

उहाँले जिल्ला प्रसासन कार्यलयको मुख्य जिम्मेवारीको रुपमा रहेको जिल्लाको शान्ति सुरक्षा र शुव्यवस्था कायम गर्नका लागि आफु प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो । त्यस्तै उहाँले बुढिगण्डकी जलबिद्युत आयोजना अन्र्तगत डुवान क्षेत्रमा पर्ने फलफुल, घरगोठ तथा बोटबिरुवाहरुको छिटो मुआब्जा बितरणका लागि आयोजना प्रमुखसंग कुराकानी गरिरहेको जानकारी दिनुभयो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा गोरखा जिल्ला भित्रका बिभिन्न सञ्चारमाध्यमहरुका कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology