Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

फोन नउठाएपछि प्रेमीकाको बासको चोयाले घाँटी रेटेर हत्या


2.8K
Shares

फोन नउठाएपछि प्रेमीकाको बासको चोयाले घाँटी रेटेर हत्या

मोरङ । सुनसरीको दुहवीकी सम्झना खत्रि परियारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।३२ वर्षीया खत्रीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई मोरङको बुढीगंगा गाउँपालिका– ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद शाहलाई पक्राउ गरेको हो । साह क्वालिटी नुडल्स प्रालीमा स्टोर इञ्चार्जका रुपमा कार्यरत थिए ।

पक्राउ परेका साहले खत्रीसँग आफ्नो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको र बारम्बार फोन गर्दा पनि नउठाएको झोंकमा हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै आरोपीत साहमाथि उजुरी समेत परेकाले कर्तत्व ज्यान मुद्दा चलाइने जानकारी दिएको छ ।

गत शुक्रबार विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा सम्झनाको शव फेला परेको थियो ।विराटनगरको रिङरोडसँग जोडिएको उखुबारीमा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले सोही दिन बेलुका साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका साहले मंगलबार बेलुका हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार मृतक सम्झना र सुरेन्द्रबीच क्वालिटी नुडल्समा काम गर्दा प्रेम सम्बन्ध सुरु भएको थियो । मृतक खत्री विवाहित हुन् । २०६९ सालमा उनले वसन्त परियारसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोरी स्थानीय स्कुलमा कक्षा १० र ७ मा अध्ययनरत छन् । बसन्त भने इलाममा टेलरिङको काम गर्दै आएका छन् ।

मंगलबार बिहान सुरेन्द्र साहले फोन गर्दा खत्रीले उठाएकी थिइनन् । दिउँसो सम्झनालाई खोज्दै उनी दुहबी नगरपालिका–६ कालिमन्दीर चोक पुगे । तर खत्रीको घरमा चाबी झुण्डिएको थियो । छिमेकीलाई सोध्दा घरमा नभएको बताएपछि उनी पुनः काममा फर्किएका थिए ।

अफिसमा हुँदा पनि बारम्बार फोन गरेको तर मोबाइल स्वीच अफ भनेपछि साह खत्रिको खोजिमा निस्किएका थिए । सोहि क्रममा बाँसबारी चोकमा खत्रिलाई भेटेपछि साहले उनलाई मोटरसाइकलमा राखेर विराटनगर पश्चिमको रिङरोडतर्फ लगे । सोहि क्रममा फोन किन नउठाएको भन्दै आक्रोश पोखेका साहसँग मृतक खत्रिको भनाभन समेत चल्यो ।

जब भनाभन भयो

मलहनवाको बाँसघारी अगाडि पुगेपछि भने खत्रिको दवावमा साहले मोटरसाइकल रोके र त्यहाँपनि भनाभन चर्कियो । सोहि आक्रोशमा खत्रिले ओढेकै सल घाँटीमा कसेर घिसारेका साहले उखुबारीमा पु¥याएर । सडकबाट करिब ७० मिटर घिसार्दै लगेका कारण सम्झना अचेत भइसकेकी थिइन् । अझै रिस नमरेपछि साहले बाँसको चोयाले उनको घाँटी रेटेर हत्या गरे । र शवलाई त्यँही छोडेर घाँटी रेटेको चोया बोकेर केसलीया खोलाको बिचमा फ्यालेर घर फर्किए ।

यता श्रीमती सम्पर्कविहीन भएको जानकारी पाएपछि खत्रिका श्रीमान् वसन्त इलामबाट घर आई श्रीमतीको सोधीखोजी गरे । सुरेन्द्र साहसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनले इलाका प्रहरी कार्यालय निमुवामा जानकारी गराए । प्रहरीमा श्रीमती हराएको निवेदन गर्दा वसन्तले सुरेन्द्रमाथि शंका लागेको बताएका थिए । सोही दिन प्रहरीले साहलाई बोलाएर केरकार ग¥यो । तर साह आफूसँग सम्पर्क नभएको भन्दै पन्छिए ।

शुक्रबार बिहान शव भेटिएपछि दिउँसो वसन्तले आफ्नी श्रीमती भएको सनाखत गरे । बसन्तले सनाखत गरेपछि साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि उनले रिसले हत्या गरेको बयान दिए । प्रहरीका अनुसार सम्झना मंगलबार दिउँसो कहाँ गएकी थिइन् भन्ने खुलेको छैन । उनले बोकेको मोबाइल पनि भेटिएको छैन् । पोष्टमार्टम रिपोर्ट र कल डिटेल रिपोर्ट आएपछि थप विषय खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology