गुरुङहरुको धर्म संस्कृतिमा आधारित तमु वोन्पो लम संस्थाको प्रथम जिल्ला अधिवेशन गोरखा सदरमुकाम मा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्ष स् सन्त बहादुर गुरुङ धार्चे ५ यामागाउँका सन्त बहादर गुरुङको अध्यक्षतामा १३ सदस्सिय कार्य समिति चयन भएको छ । हरमटारी स्थित निर्माण व्यावसायी संघको सभाहलमा एक कार्यक्रमका बिच अधिबेशन सम्पन्न भएको हो।
अधिबेशनबाट नवगठित कार्यक्रम समितिको उपाध्यक्षतमा प्रथम उपाध्यक्षमा धार्चे ७ लापुका सार्की गुरुङ, दित्तिय उपाध्यक्षमा गोपाल गुरुङ (धार्चे ४,लाप्राक), सचिवमा अजय गुरुङ (धार्चे ४ लाप्राक), सहसचिवमा बासमाया गुरुङ (धार्चे ४लाप्राक), कोषाध्यक्षमा जित बहादुर गुरुङ (धार्चे ५ लप्सिबोट) र सहकोषाध्यक्षमा लुम प्रसाद गुरुङ (धार्चे ६ काशीगाउँ) चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा साइला गुरुङ, (धार्चे ५ सिङ्ला) तुलसिङ गुरुङ (धार्चे ७ लापु), सुक बहादुर गुरुङ (धार्चे ५ माछाखोला), केश बहादुर गुरुङ (धार्चे ४ लाप्राक) इन्द्रवीर गुरुङ (गोरखा नगरपालिका) र सुजन गुरुङ (बारपाक सुलिकोट देउराली) चयन हुनु भएको आयोजकले जनाएको छ ।
तमु प्ये ल्हु संघ गण्डकी प्रदेशका संयोजक भोजराज गुरुङको कार्यक्रममा प्रमुख अतिथ्यता रहेको कार्यक्रममा उत्तरी गोरखा तमु समाज फुङका अध्यक्ष ईमान सिङ गुरुङ लगायत विभिन्न जिल्लाबाट वोन्पो लम गुरुङहरुको सहभागिता रहेको थियो ।