Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सेनाले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु


2.9K
Shares

सेनाले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु

एजेन्सी २५, माघ । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एकथाई ‘सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको छ ।

आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ । घटनामा १७ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology