Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भ्रमणबर्ष अबसरमा पर्यटकिय क्षेत्रको प्रचार–प्रसारका लागि गोरखामा पदयात्रा


4.1K
Shares

भ्रमणबर्ष अबसरमा पर्यटकिय क्षेत्रको प्रचार–प्रसारका लागि गोरखामा पदयात्रा

गोरखा २५, माघ । गोरखा उद्योग बाणिज्य संघ गोरखाले नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भ पारेर आज पदयात्रा गरेको छ । ‘गोरखा जाऔँ—पदयात्रामा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ संघले आज बिहान ७ बजेदेखि गोरख सदरमुकाम क्षेत्रका ऐतिहासिक स्थलहरुमा पदयात्रा गरेको हो ।

बिहान गोरखा संग्रहालय परिसरमा जमघट भएर शुरु भएको पदयात्रा पँदेली, बसपार्क, नयाँबजार, नयाँबसपार्क, पश्चिमकाली, नामरुङ मन्दिर, द्रब्यशाह चौतारो हुँदै पस्लाङ होमस्टे पुगेको थियो ।

त्यस्तै बिहानै भीमसेन पार्कमा खाना खाएर पिपलथोक भीमसेन मन्दिर, जर्नेल धारा, बज्रभैरव, उपल्लोकोट, छत्रेढुङ्गा, रानीवन सरस्वती आश्रम, बराह मन्दिर, पाटेचौर, तीनधारे हुँदै छहरेमा रहेको गोरखा उद्योग बाणिज्य संघको सचिवालयमा पुगेर समापन गरिएको आयोजकले जनाएको छ ।

गोरखा नगरपालिका गोरखाकी कार्याबाहक प्रमुख बिना श्रेष्ठको नेतृत्वमा भएको पदयात्रामा होटल ब्यबसायी, महिला उद्यमी, बिभिन्न सरकारी कार्यालय प्रमुखहरु, बित्तीय तथा गैरसरकारी संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो । गोरखाको आन्तरिक पर्यटन बिकास र प्रवद्र्धनमा यो पदयात्राको महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बिश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology