Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिकासका योजना अनुगमनमा जुट्दै बारपाक सुलिकोट गाँउपालिका अध्यक्ष भट्ट


5.3K
Shares

बिकासका योजना अनुगमनमा जुट्दै बारपाक सुलिकोट गाँउपालिका अध्यक्ष भट्ट

गोरखा २५, माघ ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाको भित्र सञ्चालित बिकासका योजनाहरुको स्थलगत अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टको नेतृत्वमा आज वडा नम्बर ८ मा भईरहेको बिकास निर्माणका योजनाको अबस्थाको अनुगमन गरेको हो । टोलीले उक्त वडा भित्रको लोकहित राम्चे सडक, लोकहित तिनखन्ठे सडक र पहरे बाझो गह्रा सडकको अनुगमन गरिएको गाउपालिका प्रमुख बिष्णु भट्टले बताउनुभयो ।

टोलीले आजै गुरुङ समुदायको अन्त्येष्टीको लागि चिहान डाँडामा निर्मित मसानघट्टा निमार्णको कार्यको पनि अनुगमन गरिएको गाउँपालिका अध्यक्ष भट्टको भनाई छ । मसान घट्टा निर्माणपछि स्थानीयले हिँउद तथा बर्षाको समयमा पनि सजिलै आवातजावत गर्न सकिने बताउनुभयो ।

‘मसानघट्टामा पार्टी लगायतका संरचना निर्माण नहुदा त्यहाँका स्थानियबासीहरुलाई समस्यालाई हुदै आएको थियो, गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयो, त्यसलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको उक्त योजना अन्र्तगत पार्टी, खानेपानीको घर पानीको धारा लगायतका भौतिक संरचना निर्माण गर्न लागिएको छ ।

अनुगमनका क्रममा निर्माणधिन योजनाहरुको अबस्था सन्तोषजनक रहेको पाईएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा आयोजनाको निर्माणको बास्तबिक अबस्था कस्तो पाउनुभयो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘काम हुदैछ सवै काम सकिएको अबस्था देखिदैन, समयमा काम सम्पन्न गर्न सवै उपभोक्ता समितिलाई निर्देशन दिएका छौ ।’

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रसासकिय अघिकृत गौतम भण्डारी लगायतको सहभागिता रहेको थियो । बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिकाले पालिका सञ्चालित योजनाहरुको योजनाहरुको नियमित अनुगमन गर्दै आएको छ । ‘नियमित अनुगमनका क्रममा काम उपभोक्ता समितिलाई काम गर्दा परेका अफ्टयाराहरु बुझ्ने, भएका कमिकमजोरीलाई सच्याउने र सुझाव दिने काम गर्दै आएको अध्यक्ष भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology