Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज मौसम आंशिकदेखि सामान्य बदली हुने


7.2K
Shares

आज मौसम आंशिकदेखि सामान्य बदली हुने

काठमाण्डौ, २५ माघ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको पश्चिमी भूभागमा कमजोर पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशको पश्चिमी पहाडी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागका स्थानमा आंशिक बदली रहेको छ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा र पूर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

आज राति देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली देखि सामान्य बदली सहित एकदुई स्थानहरूमा हल्का वर्षा हुनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology