माघ २५ तनहुँ । तनहुँको बन्दीपुर गाउंपालिका– ४, लोहिपाखामा नरभक्षी चितुुवा खोरमा परेको छ । यहि माघ १३ गते लोहीपाखा वन्दिपुर ४ मा वालकको ज्यान लिने नरभक्षी चितुवा शनिबार राति खोरमा परेको हो ।
डिभीजन बन कार्यालय तनहुँले थापेको चितुवा परेको जनाइएको छ । यो संगै तनहुँमा अहिलेसम्म ७ वटा चितवा खोरमा परिसकेको डिभिजन बन कार्यालय तनहुँले जनाएको छ ।चितुवाको आक्रमणबाट तनहुँमा २ वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ ।
तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकामा चितुवाले आतंक मच्चाइरहेको छ ।यहाँको जङ्गलमा थुप्रै सङ्ख्यामा चितुवा रहेका अनुमान गरिएको छ ।