Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना


1.8K
Shares

शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना

काठमाण्डौ । जलतथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको जनाएको छ ।

पश्चिमी न्यून–चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अन्य ठाउँमा भने एकैछिन घाम लाग्दै बादल लाग्ने महाशाखाले जनाएको छ। मौसम बदली भएका कारण केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । घाम लागेपनि बिहान र साझँको समयमा चिसो भने अत्याधिक महुसस गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology