सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा शनिबार राती अन्धाधुन्द आक्रमण भएको छ । मध्यराति अज्ञात समूहले गरेको आक्रमणमा परी प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् ।
रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको एसपी महर्जनलेको भनाई छ ।
करिब १०÷१२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति साढे एकबजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो
आक्रमणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।घटनाको संलग्नमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।