ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार साँझजेठाजुले बुहारीको हत्या गरेका छन्।पाथिभरा याङवरक गाउँपालिका–२ का ४३ वर्षीया पूर्णकुमार लिम्बुले ३५ वर्षीया आफ्नै भाइबुहारी सुकमाया लिम्बुको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र फुयाँलका अनुसार बिहीबार साँझ पाँच बजेतिर घटना भएको हो। घाँटी र टाउँकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सुकमायाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
सुकमायाका श्रीमान मेलामा गएको बेला उनको हत्या भएको प्रहरीले बताएको छ। केही समयअघि अंशण्डाको विषयमा दाजुभाइबीच विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना लगत्तै प्रहरीले पूर्णकुमारलाई पक्राउ गरेको छ।