इटहरी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता पुष्टी भए कारवाही भोग्न तयार रहेको बताउनु भएको छ । उहाँले उक्त प्रकरण आफ्नो कुनै संलग्नता नरहेको समेत बताउनुभयो ।
बम
शुक्रबार मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षणको क्रममा उहाँले बिना आग्रह पूर्वाग्रह दोषीलाई नछाड्ने र निर्दोषलाई अख्तिायारले निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो ।
छानबिनबाट मेरो दश पुस्ताभित्रको मानिसको नाममा त्यस स्थानमा जग्गा छ भने जुनसुकै कारवाही पनि भोग्न तयार रहेको पूर्वप्रधानमन्त्री नेपालको भनाई थियो ।