गोरखा २४, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठले अबैधानिक क्रसरहरु बन्द हुने बताउनु भएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रबक्ता श्रेष्ठले कानुन बिपरित सञ्चालन भईरहेको क्रसरहरु सरकारले बन्द गर्ने बताउनु भएको हो ।
‘क्रसरहरुले पैदा गरेको समस्याका बिषयमा सरकारले अध्ययन गरिरहेको छ, उहाँले भन्नुभयो, अहिले गृहमन्त्रीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयको समेतको प्रतिनिधित्व रहेको छानबिन समिति गठन गरेर काम भईरहेको छ ।
उहाँले सरकारले अहिलैकै कानुनले अबैधानिक ठहर गरिसकेका क्रसर उद्योग सञ्चालन हुनै नसक्ने बताउनुभयो ।