बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका पिपलडालीमा रायोको साग र रोटी खाँदा दश जना बिरामी परेका छन् । बुढीनन्दा नगपालिका एकको पिपलडालीका स्थानीय रंगी ल्वारको घरमा विहानको खानाका लागि बनाईको रोटी र रायोको साग खाँदा एकै घरका ६ जना बिरामी परेका छन् भने सोही गाउँका अन्य चार जना बिरामी परेका छन् ।
बिरामी पर्नेमा बर्ष ५८ का रंगी ल्वार, उहाँकी श्रीमति ५२ बर्षिया विउरा ल्वार, २६ बर्षिया बुहारी रुपु ल्वार, १६ बर्षिया नातिनी माया सार्की, ९ बर्षिय नाति गणेश सार्की र ७ बर्षिया नातिनी एलिना ल्वार रहनुभएको छ ।
त्यस्तै, उहाँका छिमेकी १७ बर्षिया बेदना ल्वार, १६ बर्षिया सोनिया ओड, ३४ बर्षिया रुखा सार्की र ६० बर्षिया नानी ल्वार बिरामी पर्नुभएको स्थानीय नरदिप ओडले जानकारी दिनुभयो ।
बिरामीकोे प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार गरिएको निमित्त प्रमुख सिंहराज गिरीले जानकारी दिनुभयो ।