स्याङजा । स्याङ्जाको पुतली बजार नगरपालिका २ र बिरुवा ३ को सिमाना राङभाङ भंैसेगौडामा नवौ नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६ हुँदैछ । सन् २०१२ मा धार्दिङ्मा पहिलो उत्सव गरेको प्रकृतिका साथीहरू संस्था, मिलेनियम टे«क र राङ्भाङ क्लबले आज र भोली स्याङ्जाको भैंसेगौडामा उत्सव गर्न लागेको हो ।
उत्सवका लागि चरा अवलोकन स्थल, लाटोकासेराको बारेमा जानाकारी दिने स्टल निर्माण गरिएको छ भने उत्सवमा आउने पाहुना बस्ने ठाउँ तथा मनोरञ्जनको सबै व्यवस्था मिलाइएको प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले जानाकारी दिनुभयो ।
लोप उन्मुख लाटोकोसेरो तथा हुचीलको संरक्षण, पुरानो सँस्कृति र खेलको जगर्ना गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
दुई दिने उत्सवमा लाटोकोसेरो तथा हुचीलको संरक्षणको लागि संरक्षण कर्मीको प्रवचन, लाटोकोसेरोको रोबर्ट प्रर्दशन, लाटोकोसेरोको संग्राहलय प्रर्दशन, लोटोकोसेरोको कला, आवाज सुनाइने र चित्र प्रर्दशन गरिने छ । १० हजार दर्शकले उत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।