पोखरा ।
पोखरा महानगरपालिका ३२ स्थित कोठेडाँडाकी एक बालिकाको चितुवाले आक्रमण परि ज्यान गएको छ ।चितुवा आक्रमणबाट ज्यान गुमाउनेमा ७ वर्षीया पूजा बिक हुन् । स्थानीय चन्द्रज्योति आधारभूत विद्यालय कक्षा ३ मा पढ्ने अध्ययनरत ७ बर्षिय पुजा बि.कको चितुवाको आक्रमणमा परि ज्यान गएको प्रहरी हो
बिहीबार साँझ छिमेकीको घरमा खेल्न जानु भएकी पूजा घर नफर्केपछि उनको खोजतलास भएको थियो ।खोजीका क्रममा गएराती राति ९ बजे नजिकैको जंगलमा उहाँको शरीरको अंग फेला परेको हो । बालिकाको खुट्टा र टाउको बाहेक अरु सबै अंग चितुवाले खाएको अवस्थामा शव भेटिएको पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभयो ।
चितुवाले बालिका खाएपछि यतिखेर स्थानीय त्रासमा छन् । गाउँको वरपर जंगल रहेकाले घटना दोहोरिन सक्ने भन्दै गाउँले त्रासमा रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो
घटनास्थलमा डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वको प्रहरी टोली राति नै पुगेको र स्थानीय, जनप्रतिनिधि र प्रहरी मिलेर नरभंक्षी चितुवा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
नजिकैको तनहुँमा चितुवा आक्रमणबाट २१ महिना अवधिमा ९ बालबालिकाको ज्यान गएको छ । तनहुँको भानु, शुक्लागण्डकी नगरपाकिला र आबुखैरेनी गाउँपालिकामा गरी ९ जना बालबालिकाको ज्यान गएको हो ।