Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आईसीसी विश्वकप लिग २ क्रिकेटमा अमेरिका विरुद्ध ओमान ६ विकेटले विजयी


1.8K
Shares

आईसीसी विश्वकप लिग २ क्रिकेटमा अमेरिका विरुद्ध ओमान ६ विकेटले विजयी

काठमाण्डौ ।आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमान ६ विकेटले विजयी भएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको ओमानले ४ विकेट गुमाएर ४९.३ ओभरमा लक्ष्य पुरा गरेको हो । ओमानको यो लगातार दोस्रो जीत हो ।

यसअघि हिजो नेपालाई पराजित गरेको थियो । लक्ष्य पछ्याउने क्रममा ओमानका अकिब इलियसले सर्वाधिक ७२ रन बनाउनुभयो । यसैगरी मोहम्द नदीमले नट आउट ५५ रन बनाउँदा खवर अलि ३१ रन बनाउनुभयो ।

यसैगरी नेपाली मुलका ओमानका खेलाडी सुरज कुमारले पनि ३० रनको अविजित पारि खेल्नुभयो । पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । अमेरिकाका लागि इयन होल्याण्डले ६५ रन बनाउँदा अक्ष होमराजले ४४ रन बनाउनुभएको थियो ।

यस्तै मोनाक पटेलले १९ रन बनाउँदा ओमानका मोहम्मद नदीमले सर्वाधिक ३ विकेट लिनुभएको थियो । प्रतियोगिता अन्तरगत शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology