Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

केटीलाई जिस्काएपछि मन्त्रीको जागिर चट


1.8K
Shares

केटीलाई जिस्काएपछि मन्त्रीको जागिर चट

स्कटल्याण्ड : स्कटल्याण्डका अर्थमन्त्रीले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा केही घण्टा अघि मात्रै राजीनामा दिनुपरेको छ । १६ वर्षे किशोरलाई सामाजिक सञ्जालमा सयौं सन्देश पठाएपछि अर्थमन्त्री डेरेक माकेले राजीनामा दिनुभएको हो । उहाँले आफूले मुर्खतापूर्ण व्यवहार गरेको स्वीकार गर्दै राजीनामा दिनुभएको हो ।

स्कटिस सन पत्रिकाले ४२ वर्षीय वित्तमन्त्री माकेले ती युवकलाई फेसबुक र इन्स्टाग्राममा सयौं सन्देश पठाएको खुलासा गरेको थियो । ती युवकलाई उहाँले ‘प्यारो’ भन्दै रग्बी म्याच हेर्न र डिनरका लागि आग्रह समेत गर्नुभएको थियो।

यद्यपि उहाँमाथि कानुन उल्लंघन गरेको आरोप लागेको छैन । मन्त्रीले यस्तो घटनापछि सार्वजनिक रुपमै माफी माग्नु भएको छ । ‘सरकारमा रहेर सेवा गर्न पाउनु ठूलो अवसर हो । र सहकर्मी र समर्थकलाई हिनतावोध गराएकोमा म क्षमाप्रार्थी छु,’ माकेले विज्ञप्तिमा भन्नुभएको छ । स्कटिस नेश्नल पार्टीमा उदाउँदो नेताको रुपमा चिनिएका माकेले छोटो समयमै सरकारबाट बाहिरिनु परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology