Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

ललिता निवास प्रकरण अख्तियारको नियत नै खराब : डा. भट्टराई


1.3K
Shares

ललिता निवास प्रकरण अख्तियारको नियत नै खराब : डा. भट्टराई

काठमाण्डौ । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद डांक्टर बाबुराम भट्टराईल ललिता निवास प्रकरण छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको जिकिर गर्नुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका सांसद भट्टराईले अख्तियारको छानबिन प्रक्रिया प्रति असन्तुष्टी जनाउनु भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उहाँको तर्क छ । ‘जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाईएको भन्ने सन्र्दभ तिर लक्षित गर्दै उहाँले भन्नुभयो ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ?’

पूर्वप्रधानमन्त्री भट्टराईले ‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपुर्ण रहेको बताउनुभयो । ‘कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन ्। उनीहरु निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन पनि सक्दैनन्। हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानु भन्दा नि प्रक्रिया पुर्याउँदै गएर परिबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले बदमासी गरेको छ त्यसले प्रक्रिया पूरा गरेर उम्कने। यस्तो नियम कानुनको पनि समस्या छ।

ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ। केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नुहुन्छ?’ उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology