Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको बुट्टारमा १ सय मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माण हुने


2.6K
Shares

गोरखाको बुट्टारमा १ सय मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माण हुने

गोरखा २३ माघ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका १ बुट्टारमा सय मेगावाटको जलविद्यूत आयोजना निर्माण हुने भएको छ । ब्लु इनर्जी कम्पनीले त्रिशुली नदीमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाइन’ प्रविधिको आयोजना निर्माण गर्न लागेको हो । ड्यामबाट सिधै टर्वाइनमा पानी खसालेर विद्युत उत्पादन गर्ने प्रविधि ‘ड्याम टु टर्वाइन’ प्रविधि हो ।

‘अहिलेसम्म डिपिआर, ईआईए, पिपिए (आयोजना सुरु गर्नु अघिको प्राविधिक नापजाँचको प्रक्रिया) सम्पन्न भइसकेको छ’, आयोजनाका प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भन्नुभयो ‘अब छिट्टै निर्माणको काम थाल्नेछौँ ।’ अहिले पूर्व तयारीको काम भइरहेको उहाँको भनाई छ । यो प्रबिधिबाट नेपालमा अहिलेसम्म जलबिद्युत आयोजना निर्माण नभएको र यो नै पहिलो भएको उहाँको भनाई छ ।

करिव १६ अर्ब नेपाली रुपैयाँमा यो निर्माण सक्ने लक्ष्य रहेको रेग्मीले बताउनुभयो । नेपाल भित्र नै अन्य क्षेत्रमा यत्ति नै क्षमताको आयोजना निर्माणका लागि करिब २० देखि २५ अर्व लाग्थ्यो, उहाँले भन्नुभयो, यो प्रबिधि अरु भन्दा कम खर्चिलो हुने भएकाले सस्तोमा आयोजना बन्न लागेको हो ।

अन्य आयोजनाको भने पाइपलांइनबाट लामो दुरीसम्म पानी लैजाँदा पावरहाउससम्मको क्षेत्र सुख्खा हुने गर्छ तर त्रिशुलीमा बन्न लागेको आयोजनाको पाइपलाईन बिछ्याउनु नपर्ने भएकाले बातावरणिय दृष्टिकोणले पनि प्रभावकारी हुने निर्माण कम्पनीको दावी छ ।

आयोजना निर्माणको काम पाँच वर्ष बर्ष भित्रमा सम्पन्न हुने म्यानेजर रेग्मीले जानकारी दिनुभयो । गोरखा र चितवनको सिमाना त्रिशुली नदीमा बन्ने आयोजनाको बाँध र पावरहाउस भने गोरखातर्फ रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology