Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कसरी जोगिए ललिता निवासको जग्गा हिनामिना काण्डबाट पूर्वप्रधानमन्त्री नेपाल र भट्टराई


4.5K
Shares

कसरी जोगिए ललिता निवासको जग्गा हिनामिना काण्डबाट पूर्वप्रधानमन्त्री नेपाल र भट्टराई

काठमाण्डौ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना आरोपमा तत्कालिन तीन मन्त्री र तीन सचिवविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भए पनि ती दुई सरकारका प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा बाबुराम भटराई भने जोगिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज १ सय ७५ जना विरुद्ध भने अभियोग पत्र दर्ता गरेपनि उहाँहरुलाई अभियोग लगाइएको छैन ।

मन्त्रिपरिषद्को निर्णय गर्दा प्रधानमन्त्रीहरुको नेतृत्वमा हुने गरे पनि मन्त्रिपरिषद्को निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न नपाउने हुँदा उहाँहरु जोगिनु भएको हो ।सो प्रकरणमा तत्कालिन मन्त्रीहरु, सचिवहरु र जग्गा व्यवसायी तथा संलग्न अन्य गरि कूल १७५ जनाविरुद्ध मुद्दा दायर गर्दा तत्कालिन मुख्यसचिव लिलामणि पौडेल पनि जोगिनु भएको छ ।

आरोपित तीन मन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठमध्ये गच्छदार नेपाल र भटराई दुवै नेतृत्वको सरकारमा हुनुहुन्थ्यो भने जोशी र श्रेष्ठ भटराई नेतृत्वको सरकारमा मन्त्री हुनुहुन्थ्यो ।पछिल्ला केहि वर्षदेखि आयोगले मन्त्रिपरिषद्का निर्णयहरु समेत उसले हेर्न पाउने क्षेत्राधिकारभित्र राख्न र त्यसो गर्न नसके भ्रष्टाचार नियन्त्रणका काम कारवाही प्रभावकारी नहुने बताउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology