काठमाण्डौ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। उहाँको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। इन्फेक्सनको समस्या भएपछि उहाँलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।
मनमोहन अस्पतालमा उपचार क्रममा उहाँको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम उहाँले नै सुरू गर्नुभएको थियो। शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।