Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चीनमा कोरोनाले ४९० जनाको ज्यान लियो, २५ हजारमा संक्रमण


3K
Shares

चीनमा कोरोनाले ४९० जनाको ज्यान लियो, २५ हजारमा संक्रमण

एजेन्सी  २२ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार थप ६५ जनाको ज्यान गएको जनाएको छ।

मन्त्रालयका अनुसार एक दिनमा थप ३ हजार ९ सय ७१ जनामा थप भाइरसको संक्रमण भेटिएको जनाएको छ। थप मृत्यु हुने ६५ जना नै वुहान प्रान्तका रहेका छन्। आज सार्वजनिक भएको तथ्यांकमा ४ सय ३१ जना गम्भीर बिरामी रहेका छन्।

अस्पातलबाट २ सय ६२ जना उपचारपछि घर फर्किसकेका छन्। समग्रमा अहिलेसम्म २४ हजार ३ सय २४ जना बिरामी रहका छन्। ति मध्ये २३ हजार २ सय ६० जनामा भाइरस पुष्टि भएको छ।

अहिले सम्म चीनमा २ लाख ५२ हजर १ सय २४ जनामा भाइरसको संक्रमणको शंका रहेको भन्दै १ लाख ८५ हजार ५ सय ५५ जना प्रत्यक्ष निगरानीमा रहेका छन्। पहिलो पटक चीन बाहिर फिलिपिन्समा १ जना र हङकङमा १ जनाको ज्यान गएको छ।

नेपालसहित छिमेकी भारत र अन्य २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology