Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रबैकका गभर्नरद्धारा गोरखाको धार्चे गाउँपालिकाको माछीखोलामा सिभिल बैंकको शाखा उद्घाटन


3.5K
Shares

राष्ट्रबैकका गभर्नरद्धारा गोरखाको धार्चे गाउँपालिकाको माछीखोलामा सिभिल बैंकको शाखा उद्घाटन

 

गोरखा– नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउनु भएको छ । ।

गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको शाखा कार्यालयको उद्घाटन गर्दै गभर्नर नेपालले मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिनुभयो ।

मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु ।”

यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विचार गभर्नर डा। नेपालले भन्नुभयो । “वित्तीय सेवाको पहुँच यसरी नै विस्तार हुँदै जाँदा त्यसले मुलुकको आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनेछ ।”

समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चे जस्तो दुर्गम ठाउँमा सिभिल बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्ध धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने उद्घोष गर्नुभयो ।

गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम

त्यसैगरी, सिभिल बैंक लिमिटेडले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा २०७६ माघ १८ गते वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरंजीबि नेपालको प्रमुख आतिथ्यमा बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा गभर्नर डा। नेपालले सिभिल बैंकले आफ्नो शाखा नै नभएको बारपाकमा समेत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिँदै उक्त कार्यक्रमले बारपाकका जनतामा वचत गर्ने बानी र उद्यमशीलताको विकास गरी जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक तथा जनसाधारणलाई उपलब्ध गराउने विभिन्न किसिमका बचत, ऋण ९कर्जा० तथा बैंकिङ सेवारसुविधाका बारेमा जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नागरिकमा औपचारिक साक्षरतासँगै वित्तीय साक्षरताको पनि आवश्यकता पर्नेमा जोड दिनुभयो । सो अवसरमा गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिलाले फजुल खर्चहरु घटाइ बचत गर्ने बानीको विकासले समृद्धितर्फ उन्मुख गराउने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुलिकोट गाउँपालिका वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङले बारपाकमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिदिनुभएकोमा कृतज्ञता प्रकट गर्दै यस कार्यक्रमले बारपाकका जनतालाई वित्तीय सेवातर्फ आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology