Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

छोराको हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलकी गंगामाया संयुक्तसंघको कार्यालयमा


1.6K
Shares

छोराको हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलकी गंगामाया संयुक्तसंघको कार्यालयमा

काठमाण्डौ ।  द्वन्द्वकालिन समयमा मारिएका छोराका हत्यारालाई कारवाही नभएको भन्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्र संघको पुल्चोकस्थित कार्यालय पुग्नु भएको छ । पुल्चोक पुगेकी गंगामायासँगको भेटमा संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि जुलियान्ड भ्यालेरीले नेपाल सरकारले संक्रमणकालिन न्याय प्रक्रिया परिमार्जन गरी पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो ।

ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा आज न्यायका लागि लडिरहेकी गंगामाया अधिकारीसँग भेट गर्दै भ्यालरीले सबैलाई न्याय दिलाउन संक्रमणकालिन न्याय प्रक्रियामा परिमार्जन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा संक्रमणकालिन न्यायको प्रक्रिया विश्वसनीय ढंगले अगाडि बढ्न नसकेको गुनासो गर्नुभयो ।

संक्रमणकालिन न्यायको विषय संयुक्त राष्ट्र संघको विश्वव्यापी आवधिक समिक्षामा पनि उठने भएकाले परिमार्जन गरी अगाडी बढ्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । संयुक्त राष्ट्र संघीय महासन्धीमा हस्ताक्षर गरेको नाताले पनि नेपालले महासन्धीमा भएका अधिकारहरुको पालना गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । महासन्धीमा हस्ताक्षर गरेका राष्ट्रले महासन्धीमा उल्लेखित विषय पालना गरे नगरेकोमा राष्ट्र संघको गम्भिर चासो रहेको भ्यालरीले बताउनुभयो ।

संक्रमणकालिन न्यायको प्रक्रिया विश्वसनीय ढंगले अगाडी बढाई पीडितलाई न्याय दिन र मानवअधिकारको उल्लंघन हुन नदिने तर्फ सरकार संवेदनशिल रहेकामा आफू विश्वस्त रहेको उहाँको भनाई थियो । भ्यालरीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै गंगामाया अधिकारीले सरकारले आफुलाई न्याय नदिएकोले संयुक्त राष्ट्र संघसँग न्यायको अपिल गर्न बाध्य भएको बताउनुभयो ।

उहाँले न्याय नपाउँदासम्म लडिरहने बताइन्। गंगामायाले ८र९ वर्षसम्म पनि आफुलाई सरकारले न्यायका नदिएकोमा असन्तुष्टि जनाउनुभयो । अधिकारीले तात्कालिन सशस्त्र द्धन्द्धकालमा २०६१ सालमा हत्या गरिएका भनिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आउनु भएको थियो ।

गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको आमरण अनशनकै क्रममा २०७१ असोजमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology