झापा। झापामा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । झापाको चारपाने स्थित अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।धारिलो हतियार प्रहारगरी हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयले मङ्लबार बिहान मृत अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शवको अनुहारमा चोट भएका कारण शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।घटनाको विषयमा अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।
घटना संलग्न भएको आशँकामा ३ जना पक्राउ
झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
तीनै जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो। सुषमाका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव भेटिएको सन्दर्भमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो। “जलेका व्यक्तिको हुलिया खुल्न नसकेर थप अनुसन्धानका लागि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानबाट तालीम प्राप्त कुकुर झिकाएर अहिले अनुसन्धान भइरहेको छ ।” उहाँले भन्नुभयो ।