काठमाण्डौ, २१ माघ । सरकारले नेपालबाट मास्क, पञ्जा लगायतका अन्य सामग्री मुलुकबाहिर निर्यात नगर्न आग्रह गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुन सक्ने भन्दै औषधि व्यवस्था विभागले रसायन तथा मेडिकल आपूर्ति संघ त्रिपुरेश्वरलाई यस्तो आग्रह गरेको हो ।
संघलाई पत्राचार गरेर मास्कलगायत सामग्री निर्यात नगर्न भनेको विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयो । नेपाली बजारमा पनि मास्कलगायत सामग्री अभाव हुनसक्ने भएकोले निर्यात नगर्न भनिएको उहाँले बताउनुभयो । देशैभर मास्कलगायत सामग्री पु¥याउन पनि विभागले आग्रह गरेको छ ।