Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पुँजीगत लाभकर चार किस्तामा तिर्न पाउनुपर्ने एनसेलको माग 


2.8K
Shares

पुँजीगत लाभकर चार किस्तामा तिर्न पाउनुपर्ने एनसेलको माग 

काठमाण्डौ, १९ माघ । मोबाइल सेवा प्रदायक कम्म्पनी एनसेलले चार किस्तामा पुँजीगत लाभकर तिर्न पाउनु पर्ने माग गर्दै ठुला करदाता कार्यालयलाई पत्राचार गरेको छ । एनसेलले चार किस्तामा पुँजीगत लाभकर तिर्न पाउनु पर्ने माग गर्दै ठुला करदाता कार्यालयलाई पत्राचार गरेको अर्थमन्त्रालयले जनाएको हो ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको २० प्रतिशत रकम भूक्तानी गरिसकेको र बाँकी ८० प्रतिशत चार किस्तामा तिर्ने प्रतिवद्धता सहितको पत्र एनसेलले ठुला करदाता कार्यालयमा पठाएको जानकारी दिनुभयो ।

ढुंगानाले सर्वोच्च अदालतको २०७६ भदौ नौ गतेको आदेशले २०७६ मंसिर १९ गते आयकर ऐन २०५८ को दफा एक सय २० बमोजिम पूँजिगत लाभकर बापत २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार नौ सय ५५ रुपैयाँ पाँच पैसा निर्धारण गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology