Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रदेश सरकारले गण्डकी प्रदेशका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने


4K
Shares

प्रदेश सरकारले गण्डकी प्रदेशका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने

गोरखा, १९ माघ । गण्डकी प्रदेश सरकारले ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरकारले गत वर्षको नीति तथा कार्यक्रममा ‘एक स्थानीय तह एक हेलिप्याड’ कार्यक्रम प्राथमिकतामा राखेको थियो । सडकको सहज पहुँच नभएका दूर्गम स्थान रोजेर हेलिप्याड बनाउने सरकारको योजना रहेको छ ।

विपद व्यवस्थापन तथा आपत्कालिन उद्दारका लागि प्रदेश सरकारले हेलिप्याड बनाउने कार्यक्रम सुरु गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारको नीति कार्यान्वयनमा आएको जानकारी दिनुभयो । मन्त्री लम्सालका अनुसार सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५/७६ को बजेटमा करिब आठ लाख रकम विनियोजन गरेको छ ।

गतवर्ष हिमाली जिल्लामा काम सम्पन्न भएको र अब पहाडी जिल्लाहरुमा काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्दार गरी अस्पतालसम्म पु¥याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकप्टरमार्फत पर्यटकलाई सहजरूपमा आवतजावत गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

चालु आवमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न पर्याप्त बजेट विनियोजन नभए पनि स्थानीय तहहरूसँग छलफल गरी आगामी आर्थिक वर्षमा यथेष्ट बजेट विनियोजन गरिने मन्त्री लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology