जुम्ला, १३ माघ । रातो माटोको खानीमा पुरिएर चन्दननाथ नगरपालिका ४ सिंहाचौरका सासूबुहारीको मृत्यु भएको छ । घर लिप्ने रातो माटो लिन मालाभिडको जंगलमा गएका ४५ वर्षका सासू नाक्चु सुनार र २५ वर्षका बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानीमा पुरिएर मृत्यु भएको हो ।
उनीहरु दुबैको घटनास्थलमै मृत्य भएको डिएसपी लाल बहादुर धामीले जानकारी दिनुभयो । खानी भासिँदा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भईरहेको छ ।