Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पुष महिनामा मात्र श्रम स्वीकृति लिएर ५२ हजार नेपाली विदेशिए


2.5K
Shares

पुष महिनामा मात्र श्रम स्वीकृति लिएर ५२ हजार नेपाली विदेशिए

काठमाण्डौ, १२ माघ । पुष महिनामा मात्र श्रम स्वीकृति लिएर ८४ मुलुकमा ५२ हजार दुइ सय २५ नेपाली श्रमीक विदेशिएका छन् । वैदेशिक रोजगार विभागलेसार्वजनिक गरेको पुस महिनाको प्रगति विवरणले यस्तो तथ्यांक देखाएको हो ।

विवरण अनुसार मंसिर महिनाको तुलनामा पुसमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या बढेको छ । विभागको तथ्याङ्क अनुसार संस्थागत रूपमा विदेशिनेको संख्या २७ हजार चार सय ४२ रहेको छ ।

विभागको विवरणमा श्रम स्वीकृति लिएर सबैभन्दा बढी मलेसिया गएका छन् । मलेसिया जानेको संख्या सात हजार आठ सय ६२ रहेको छ । लामो समय बन्द भएर खुलेको हुनाले मलेसिया जानेको संख्या बढेको विभागले जनाएको छ ।

यस्तै साउदी अरबमा ६ हजार तीन सय ३९, यूएइमा ६ हजार दुइ सय ८८, कतारमा पाँच हजार एक सय ४५ नेपाली वैदेशिक रोजगारका लागि गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology