Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अग्नि सापकोटा विरुद्ध सभामुख बनाउन नहुने माग सहित सर्वोच्चमा रिट


4.5K
Shares

अग्नि सापकोटा विरुद्ध सभामुख बनाउन नहुने माग सहित सर्वोच्चमा रिट

काठमाण्डौ, १० माघ । सभामुखका उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने माग सहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले सभामुख बन्नबाट रोक्ने मागसहित सापकोटाविरुद्ध रिट दायर गरेको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गरेको बतार्ईएको छ । त्रिपाठीको रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरिएको छ । मुद्दाको पेशी पर्सि आईतबारको लागि तोकिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाइएको छ । रिटमा सर्वोच्च अदालतले २०६८ सालमै अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology