Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित


4.7K
Shares

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टि(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उहाँ राष्ट्रियसभा सदस्यमा निर्वा्चित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मी १ हजार २ सय १८ मतभारले पराजित हुनुभयो ।

कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार प्राप्त गर्नुभयो । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिनु भएको थियो ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी हुनु भएको छ । उहाँले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गर्नुभयो । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology