Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतीय पर्यटकको मृत्युका विषयमा छानबिन गर्न समिति गठन 


1.9K
Shares

भारतीय पर्यटकको मृत्युका विषयमा छानबिन गर्न समिति गठन 

काठमाण्डौ, ९ माघ । सरकारले दामनको एक रिसोर्टमा आठ जना भारतीय पर्यटकको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । पर्यटन विभागले हिजो सूचना जारी गरेर घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको हो । विभागको होटल शाखाका निर्देशक शुरेन्द्र थापाको संयोजकत्वमा समिति गठन भएको छ ।

घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्ने समितिका संयोजक थापाले सीआईएनसँग बताउनुभयो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र होटल संघ नेपालका एक–एक प्रतिनिधि, पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहनेछन् भने समितिका सदस्य सचिव होटल शाखाका शाखा अधिकृत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology