Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

९ बजेभित्र अनिवार्य स्कुल बस कम्पाउण्ड भित्र प्रवेश गरिसक्नुपर्ने


2.1K
Shares

९ बजेभित्र अनिवार्य स्कुल बस कम्पाउण्ड भित्र प्रवेश गरिसक्नुपर्ने

सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ ।

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको थियो । गत १५ पुसमा बसेको मन्त्रीपरिषद बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित भएको हो ।

उक्त कार्ययोजनाको १४ नम्बरमा स्कुल बसहरु बिहान नौं बजेसम्म अनिवार्य रुपमा स्कुलको कम्पाउण्डभित्र प्रवेश गरिसक्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा तोकेको थियो । सरोकारवाला संघ संस्था तथा निकायले तत्काल यस्तो नियम लागू गर्न कठिन हुने जनाएपछि सरकार तत्कालका लागि पछि हटेको छ । सरकारले आगामी शैक्षिक सत्रदेखि भने यो नियम लागू गर्न लागेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले नौं बजेभित्र बसहरु विद्यालय कम्पाउण्डभित्र छिराईसक्ने व्यवस्था गर्न सबै सकरात्मक भएको भन्दै तयारी भइरहेको जनाए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology