Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्सी मिटरमा जान नमानेमा १५ हजार जरिवाना प्रस्ताव


3.6K
Shares

ट्याक्सी मिटरमा जान नमानेमा १५ हजार जरिवाना प्रस्ताव

काठमाण्डौ, ८ माघ । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।

मस्यौदामा ट्राफिक प्रहरीको इशारा उल्लङ्घन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लघङन गर्ने पैदल यात्रुलाई एक हजार, मापासे गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

यसैगरी, मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार जरिवाना प्रस्ताव गरिएको छ । विधेयक लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology