Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

रवि लामिछानेलाई चितवन अदालतबाट सफाइ


3.3K
Shares

रवि लामिछानेलाई चितवन अदालतबाट सफाइ

चितवन, ५ माघ । आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले उनीहरू तीनै जनालाई सफाइ दिएको हो।

न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो। जिल्लाले विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो।

लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्क्स्थित होटल कंगारुमा शव भेटिएको थियो। जिल्लाको सो आदेशमा लामिछाने उच्च अदालत पुगेका थिए। उच्चले पनि पुडासैनीको आत्महत्या बारेमा जिल्लाकै आदेश सदर गरेको थियो।

पुडासैनीको मृत्यु भएपछि मृत्युअघि रेर्कड गरिएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको थियो ।

११ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरी अदालतमा बुझाएको थियो । अदालतले पत्रकार रवि लामिछानेलाई रु ५ लाख, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्कीलाई साधारण तारेका रिहा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology